Pilot project - jivan-klean/cloud-computing GitHub Wiki
चार/पाँच साल अगाडिको एउटा प्रसंग। त्रिभुवन बिश्वविद्यालयको एउटा कार्यक्रममा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई जान नदिन एमाले अखिलका विद्यार्थीले नाराबाजी गरे। तनावपूर्ण अवस्थामा एकजना माओवादी अखिलका कार्यकर्ता फुत्त निस्केर आन्दोलनकारीको प्रतिकार गर्न थाले। दिक्दार मानेका प्रहरीले ती कार्यकर्तालाई पछि हट्नुस् मात्रै भनेका थिए, तिनले घाँटीमा भिरेको कार्ड अगाडि तेर्स्याएर भने – म पत्रकार, किन पछि हट्ने?
डेकेन्द्र थापाको हत्याकाण्ड र त्यसको न्याय प्रक्रिया माथिको बहस यो होइन, तर यो काण्डले नेपाली पत्रकारिता वर्गभित्र जुन आपसी गाली गलौज र हैसियत नसियतको बहस निकालेको छ, यसलाई सकारात्मक रुपमा अहिल्यै अगाडि बढाउनुपर्छ। पेशागत हैसियतको आधारमा पत्रकारले जुन अधिकार र छुटको प्रयोग गर्छन्, त्यो अनुसार तिनले आफ्नो जिम्मेवारी पूरा गरेका छन् कि छैनन् भनेर मुल्यांकन गर्ने यो दुर्लभ अवसर हो। Continue reading पत्रकारिताको बहस शुरु गरौँ